अबदेखि अन्तर बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने

  • प्रकाशित मिति : २०७७ श्रावण १, बिहीबार
  • nepaltale.com

काठमाडौं । अबदेखि अन्तर बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

बुधबार एक सूचना निकाली नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था आजदेखि एउटा बैंकको एटीमबाट अर्को बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लिने जनाएको छ ।

लकडाउनको कारण बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकको एटिएम सुविधाबाट नि:शुल्क पैसा निकाल्ने व्यवस्था गरेको थियो ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै आवातजावत खुकुलो र बैंक खुकुलो भइसकेको अन्तर बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बैंकर्स संघसहित अन्य दुई संस्थाले निकालेको सूचनामा उल्लेख छ ।

‘कति शुल्क लाग्ने यो सबै नेपाल क्लियरिङ हाउसले गर्ने ‘विज्ञप्तिमा भनिएको छ,’ विद्युतिय कारोबारबाट गर्ने कारोबार गर्दा पनि शुल्क लाग्नेछ।