काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अब कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ।
कोरोना निको भएर शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन् । अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ ।
अहिले क्वारेन्टिनमा २२ हजार सात सय ५६ मानिस रहेको गौतमले जानकारी दिए।
अहिलेसम्म कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भएको छ।