काठमाडौं। पछिल्लो निकै चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बेसार ‘ डिजिटल बजारमा सार्वजनिक भएको ६ घण्टा मै युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । यो समाचार तयार पार्दा अहिले १९ घन्टामा ट्रेन्डिङमा ११ मा रहेको छ ।

गतसाल तीजमा बिच्च बिच्चमा’ बोलको गीत बजारमा ल्याएर सर्वाधिक चर्चा बटुल्न सफल गायक थापाले योबर्ष तीजको लागि बिच्च बिच्चमा २ “एउटा फोटो खिच” बोलको गीत केहिदिन अगाडि बजारमा ल्याइसकेका छन् ।

उक्त गीतलाई यो समाचार तयार गर्दासम्म युट्युबमा झण्डै ५४ लाख पटक हेरिएको छ । पछिल्लो समय गीतसंगीतलाई मापन गर्ने माध्यम युट्युब बनेको कारण थापाको बिच्च बिच्चमा २ गीत सफल भएको मान्न सकिन्छ  ।

बेसार पानी गीतलाई गायक बसन्त थापाले लेखेका हुन् भने संगीत पनि बसन्त थापाकै रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियो हेरौ

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: