काठमाडौं । नेपालमा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा गरी पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारामा ४६ र डोटी जिल्लामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार १ सय ८६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको कूल संख्या १७ हजार ८ सय ४४ पुगेको छ । हालसम्म ११ हजार ८ सय ६८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।
संक्रमण देखिएकामध्ये हालसम्म ४० जनाको मृत्यु भएको छ । हाल संक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १७३ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।