डब्ल्यूएचओद्वारा कोरोनाविरुद्ध भ्याक्सिनको स्वागत, वैज्ञानिकलाई बधाई

  • प्रकाशित मिति : २०७७ श्रावण ६, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनले दिएको सकारात्मक परिणामको स्वागत गरेको छ। साथै डब्ल्यूएचओले भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइसमेत दिएको छ।

यद्यपी विश्वभर फैलिएको संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ।



जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिएका हुन्।

उनले भने, ‘यो सकारात्मक परिणाम हो। तर अझै लामो यात्रा तय गर्न बाँकी छ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन्।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ। अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ।

कोरोनाविरुद्ध हाल विश्वभर २३ भ्याक्सिन बनाउने काम जारी छ।