कक्षा १२ को परीक्षा असोजको पहिलो साता हुने

  • प्रकाशित मिति : २०७७ श्रावण ७, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडाैं । कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालेको हो ।

सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै असोज पहिलो साता परीक्षा लिनेगरी योजना थालिएको परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयाे । चाँडै परीक्षा तालिका सार्वजनिक गर्ने उहाँले बताउनुभएकाे छ ।



हाल विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो । यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ ।