काठमाडौं । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार ५ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ९४७ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ भने कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।