थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ श्रावण १०, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा आज थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।



यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ।

संक्रमितमध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार शनिबारमात्रै १०६ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बारामा एक जनाएको निधन भएको हो।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।