मैले अझै पनि आफुलाई यो समाजमा सुरक्षित महसुस गरेकी छैन

  • प्रकाशित मिति : २०७७ श्रावण १०, शनिबार
  • nepaltale.com

हुनसक्छ, उस्ले अझै पनि आफ्ना मन का पीडाहरु कसै सामु व्यक्त गर्न सकेकी छैन ।

रातीको ११ बज्न लागेको थियो ! म सामाजिक संजाल मा ब्यस्त थिए । अचानक मलाई नया नम्बर बाट फोन आयो .. यति राती कस्ले फोन गर्यो भने, वास्तै गरिन । कसैले झुक्याउनलाई पो गर्या होकि भन्ने सम्झिए । फेरि पाँच मिनेट पछि पुनह फोन आयो ! कोहि अभर मा परेर पो गर्यो कि क्या हो .. फोन रिसिभ गरे ! एक्कासि रोएको आवाज आयो .. । हजुर को बोल्नु भयो ? किन यसरी रुनु भएको ? अझै पनि आवाज आएन …… भन्नुहोस् न को हो तपाई, यसरी किन रुनु भएको ….!

म त्यो नारी बोल्दै छु जस्ले अझै यो समाजमा आफुलाइ सुरक्षित महसुस गरेकी छैन । दिनप्रतिदिन शारीरिक तथा मानसिक रुपमा पिडा भोग्दै आएकी एउटा कम्जोर र बेसहारा नारी बोल्दै छु ।

आफ्नो भोक टार्न लाई दुई चार पैसा कमाउ कि भनेर एउटा सानो चिया पसल थाले । सुरुसुरुमा त म एउटि छोरी मान्छे ले कसरी धान्न सक्छु होला र जस्तो लाग्यो ….! तर पनि जे होला भन्ने लाग्यो । ठुलो लगानी गर्ने मेरो क्षमता थिएर । आमाबुबा ले सानु हुँदा दु:ख गरेर लगाइदिएको अलिकति गरगहना थियो, त्यही गहना बेचेर सानो झुपडी मा ब्यापार थालेकी थिए ।

नयाँ भएर होला सुरुसुरुमा त खासै ब्यापार भएन । विस्तारै विस्तारै गर्दै दुई चार जना मान्छेहरु आउन थाले । यसरी ग्राहक बढेको देख्दा मलाइ अत्यन्त खुसी लाग्यो । दिनहरु बित्दै गए व्यवसाय राम्रो सग चल्दै गयो ।

एकदिन सधै भन्दा अलिक चाडै एउटा मान्छे आयो । साथीहरू सग आउने आज किन एक्लै आयो भन्ने लाग्यो । हेर्दा अरु साथीहरु भन्दा अलिक फरक सोच भएको बोलचाली पनि राम्रै …..राम्रो स्वभाव को जस्तो देखिन्थ्यो । चिया बनाइदेउ न भन्यो, हुन्छ बस्नुस न भने । चिया बनाएर लगिदिए । उस्ले भन्यो बस न तिमी सग केही कुरा भन्नु छ । कस्तो कुरा? भन्नुहोस् न । उस्ले भन्यो – म नियमित यहाँ चिया पिउन आउछु हेर्छु, तिमी मलाई अत्यन्त सुन्दर लाग्छ । तिम्रो ब्यवहार अत्यन्त मन पर्छ । म तिमीलाई माया गर्छु । म तिमी सग विवाह गर्न चाहन्छु भन्यो । मैले केही जवाफ दिइन …! उस्ले फेरि सोध्यो ” के तिमी म सग विवाह गर्छौ ” ? म केही बोल्न सकिन ।

हुन त एकलै जिन्दगी कसरी कटाउन सकिन्छ र .. एक न एक दिन कसै सग विवाह गर्नै पर्छ भन्ने मनमनै सम्झिए । मलाइ केही समय दिनुहोस्, म सोचेर जवाफ दिने छु । हुन्छ , जति समय लिएनी । उ त्यहाँ बाट उठेर हिड्यो ।

भोलि पटक पनि एक्लै आयो । आज चिया बनाइदेउ न भनेन । केही सोच्यौ त भनेर सोध्यो , छैन एक दुई दिन समय दिनुहोस् न भने । हुन्छ जति समय लाग्छ लेउ न , आज अलिक हतार छ लागे ल भनेर लाग्यो ।

भोलिपल्ट सधै आउने मान्छे आएन । किन आएन भने … पर्सिपल्ट पनि आएन । २,४ दिन पछि फेरि आयो । आज पनि चिया सोधेन… के निणय गर्यौ त भन्यो ।

छोरी मान्छे हु ! एकलै जिन्दगीमा कटाउन पनि समस्या हुदो रहेछ । सजिलो अप्ठ्यारो परिस्थिति मा साथ दिने भनेकै बुबा आमा थिए । ३ वर्षको हुँदा बुबा र ९ वर्ष को हुँदा आमा ले यो यो संसार छोडेर जानू भएको थियो । यतिका बर्ष भै सक्यो साथ दिने पनि कोहि छैन । यो सृष्टि एक्दै नचल्ने रहेछ, जिउन त कोहि चाहिने नै रहेछ .. त्यै भएर हुन्छ, म हजुर सग विवाह गर्न तयार छु ।

उस्को खुसी को सिमा नै थिएन .. खुसी ले के गरौं कसो गरौं भै रा थियो । अब हामी मिलेर बस्नु पर्छ तिमिलाइ एक्लो महसुस हुन कदापि दिने छोइन भन्यो । मैले पनि बिश्वास गरे ।

दिनहरु बित्दै गए हामी झन भन्दा झन नजिक हुँदै गयौं । उ पनि मै सग बस्न थालेको थियो । यसरी बिबाह भन्दा अगाडि सगै बस्नु उचित हुन्छ र ? मैले प्रश्न गरे ..! उस्ले भन्यो आखिर हामी बिबाह गर्ने नै हो अहिले बाटै सगै बस्दा के हुन्छ र भन्यो । समाजमा यसरी बिबाह अगाडि नै सगै बसेको त राम्रो मान्दैनन नि..! हाम्रो बिहे त हुन दिनुस् न अनि जैले सगै त होनि । तिमिलाइ म माथी बिश्वास छैन हैन ? हैन हजुर ……. हजुर माथी बिश्वास छ । तर पनि बिबाह भन्दा अगाडि नै यो त गलत होइन र ? तिमी लाई त्यस्तो लागेको मात्र हो हामी अब एक हप्ता पछाडि बिहे गर्नु पर्छ .। तै पनि हप्ता दिन कुर्नु होस न मलाई अप्ठ्यारो लाग्छ । ठिक छ तिमिले मलाई आफ्नो सम्झेनौ म गए है … पख्नुहोस न हुन्छ सगै बसौं । मलाई डर लागि रहेको थियो ।

जहिल्यै जिस्किने रेला गर्ने हसाउने गर्थ्यो । मेरा दु:ख का दिन साचै नै अन्त्य भएछन जस्तो लाग्थ्यो । हामी दुबै खुसी थियौ ।

एक दिन मलाई रिंगटा चल्यो ….. म एक्कसी बेहोस भए । उस्ले मलाई अस्पताल लग्यो …. ! केही छिन पछि डाक्टर आउनु भयो र मलाई भन्नू भयो ” बधाई छ हजुर लाई तपाईं आमा बन्न लाग्नु भएको छ ” म अचम्मित भए । बिबाह अगाडि नै आमा, ओहो यो त गलत भयो नि अब मलाई समाज ले के भन्ला .. मेरा आँखा रसाए । अनि डाक्टर सर मलाई अस्पताल लिएर आउने मान्छे खै त ??? वहाँ त भर्खरै बाहिर निस्कनु भयो नि …. अस्पताल मा केही छिन पर्खिए ……..

धेरै बेर भै सक्यो अझै नआए पछि म कोठा तर्फ लागे । मन भरी पिडा छन । साझ परि सक्यो , अझै उ फर्केन । रात पर्यो अझै आएन । कतै काम पो थियो , बिहान सम्म मा त आउला नि । म सुते ।।।

दु:ख सुख चलिरहेको जिन्दगीमा कोइ आइदियो दुई चार दिनको हासखेल आज आँसु को धारा बगाइदियो ।

बिहान भयो, त्यो ढोका हेर्छु आउँछ कि भन्यो छैन आउँछ कि भन्यो छैन । हप्ता दिन बितिसक्यो, अझै नआएपछी मलाई डर लाग्यो । न फोन गर्दा लाग्छ न केही खबर आउँछ । मैले वरिपरि सोधपुछ गरे कहि कतै अत्तोपत्तो छैन । महिनौं बित्यो केही खबर आएन ।

उस्का साथी हरु लामो समय पछि चिया खान पसल मा आए । उ पनि साथ आयो कि भने तर थिएन । उनीहरुलाई हामी बिच भएका घटना हाम्रो सम्बन्ध केही थाहा थिएन । तैपनि उस्का साथिहरुलाइ सोधे, हजुर हरु सग सधै आइ राख्ने साथी आज आउनु भएन नि किन ??? उस्ले त बिहे गरि सक्यो नि ऐले पल्लो सहर मा बस्छ ।

म त्यहाँ बाट निस्किएर कोठा गए । मन थाम्नै सकिन, भकानु छाडी रोए । उस्ले मलाई जिउदै मार्यो … । आखिर उस्ले मेरो भावना सग खेल्यो । उस्ले मलाई हैन मेरो शरीर चाहेको रहेछ । म जस्तो बेसहारा लाई उस्ले सहारा दियो भन्ने लाग्यो, आज न घर को न घाट को बनाइदियो । उस्ले मेरो सस्तो मनलाइ सजिलै किन्दियो ।

एउटि नारी को इज्जत माथी यसरी खेलबाड किन ? अब मैले कुन मुख देखाएर हिड्ने …. उस्ले आफ्नो प्यास मेटाउन म माथी खेलबाड गर्यो । आज उस्को बच्चा मेरो कोखमा खेलिरहेका छ । अब यो बच्चा लाई कस्ले अपनाउला …. म मा एउटा नया आस थियो जीवन बनाउने तर त्यो पनि आज आएर टुटेर गयो ।

उस्ले मलाइ कम्जोर बनाइदियो । बेसहारा को जिन्दगीमा केहिपल सहारा पाएपनी कस्तो सहारा हो त्यो । उस्ले मेरो शरीर चाहेको रहेछ । शरीर चाहिन्जेल मरिहत्ते गर्ने पाएपछि किन यसरी हराइदिने ?? उस्ले आज मलाई जिउँदै जलाइदियो । शारीरिक र मानसिक पीडा को खोलो बग्या छ ।

बाहिर निस्कियो सबैले मलाई नै थुक्छन ।मलाई आज बेस्या को रुपमा समाजले हेर्न थाल्यो । यदि कसैले कसैको बिश्वास प्रती खेल्दछ, उस्को भावना प्रती खेल्दछ, उस्को शरीर सग खेल्दछ भने त्यस्ता लाई बाच्ने के अधिकार् छ … मैले आफ्नो न्याय खोज्न कहाँ जाने ? कुन मुखले न्याय माग्ने ? के भन्लान् मलाइ अब ? जो प्रती बिश्वास थियो उस्ले नै घात गर्दियो अब मैले बाचेर के गर्नु । दु:ख सुख चलिरहेको जिन्दगीमा कोइ आइदियो दुई चार दिनको हासखेल आज आँसु को धारा बगाइदियो ।

अचानक फोन काटिन्छ , न उनको परिचय मैले पाए, न केही मद्दत गर्न सके । अत्यन्त पीडा भोगेकी रहेछीन । उन्ले बोलेका हरेक शब्द मा पीडा लुकेका थिए । झन्डै दुई घन्टा जति आफ्ना पिडा पोखी रहिन मैले कुनै प्रश्न गर्नै पाइन ।

उनी एउटा खराब मान्छे सग फसिछिन । एक्लि महिला उस्ले केही आशा बोकेर सम्बन्ध गासिन । आज उनको कोखमा बच्चा हुर्किरहेको छ । उनलाई समाजले सहार दिनु को सट्टा उल्टो हेला गरिरहेको छ । पीडा दु:ख सुख हरेक क्षण आइलाग्ने गर्दछ । एक नारी को इज्जत लुटिएको पीडा कठै …………….!