कहिलेकाहीँ त्यसै पिउ पिउ लाग्छ

  • प्रकाशित मिति : २०७७ श्रावण ११, आईतवार
  • nepaltale.com

कहिलेकाहीँ त्यसै पिउ पिउ लाग्छ
बेहोसि मै सहि जिउ जिउ लाग्छ।

लुकाउन पर्ने केही आफ्ना घाउ
एक्लै एक्लै बसि सिउ सिउ लाग्छ।

धनमानी तिमी सबथोक छ है भन्दा
खुसी माग्दै त्यो धन दिउ दिउ लाग्छ।

जति रोए कराएनी उस्तै हुदा जीवन
कालै नआई प्राण लिउ लिउ लाग्छ।

-शिशिर ज्ञवाली