नेपालमा कोरोना भाइरसका १३९ संक्रमित थपिए, ६२६ जना डिस्चार्ज

  • प्रकाशित मिति : २०७७ श्रावण १२, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का १ सय ३९ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा १ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।



यससँगै नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ६ सय २६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइ घर गएका छन् । नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।