थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ श्रावण १३, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।



पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

थप ३ सय ११ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।

यस्तै, कोरोना संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।