काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २ लाख ७६ हजार ८ सय ९५ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म विश्वमा संक्रमितको संख्या १ करोड ७४ लाख ५३ हजार ५२ जना पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार २ सय १० जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ७५ हजार ७ सय ५६ पुगेको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ४६ लाख ३४ हजार ४ सय २१ जना संक्रमित छन् भने १ लाख ५५ हजार २ सय ८० जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा पछिल्ला दिनमा मृतकको संख्या बढदै गएको छ । पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा १ हजार ४ सय ६० जनाको मृत्यु भएको छ भने ६८ हजार ५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा २६ लाख १३ हजार ७ सय ८९ जना संक्रमित देखिएका छन् भने ९१ हजार ३ सय ७७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा मात्रै ब्राजिलमा ५८ हजार २ सय ७१ जना नयाँ संक्रमित देखिएका छन् ।

त्यस्तै संक्रमित संख्यामा विश्वकै तेस्रो स्थानमा पुगेको भारतमा हालसम्म संक्रमितको संख्या १६ लाख ३९ हजार ३ सय ५० पुगेको छ भने मृतकको संख्या ३५ हजार ७ सय ८६ पुगेको छ । हालसम्म संक्रमित मध्ये १ करोड ९ लाख २१ हजार ६ सय ६७ जना निको भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: