शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ श्रावण १७, शनिबार
  • nepaltale.com

काठमाडौं। शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ९९३ स्वाब परीक्षण गरिएको छ ।

हालसम्म १४ हजार ४९२ जना उपचार पश्चात निको भएका छन् । हाल ५ हजार ३३८ जना उपचाररत छन् । संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ ।