गायिका लाबोनी चक्रवर्ती प्रसाईँको आवाजमा ‘फेरि आउन’ सार्वजनिक

  • प्रकाशित मिति : २०७७ श्रावण १९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। चर्चित नायिका निता ढुङ्गाना र नायक पृथ्वीराज प्रसाईंको अभिनयमा नयाँ गीत सार्वजनिक भएको छ । गायिका लाबोनी चक्रवर्ती प्रसाईँको आवाजमा ‘फेरि आउन’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो ।

विदेहमणि उपाध्यायकाे रचनामा प्रेमिल भावले भरिएको गीतमा सङ्गीतकर्मी लाबोनी र प्रमोद प्रसाईँ ‘लाबोनीप्रमोद’ले सङ्गीत सिर्जना गरेका छन् । सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् भने महेश्वरमान राजभण्डारीले मिक्सिङ र मास्टरिङको काम गरेका छन् ।



अहिलेका उदीयमान निर्देशक अनुप चापागाईंकाे निर्देशनमा तयार भएको गीतको भिडियोमा चर्चित नायिका निता ढुङ्गाना र नायक पृथ्वीराज प्रसाईँका साथमा गायिका लाबोनीलाई पनि देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले इडिट गरेका हुन् । गीत लाबोनीप्रमोद’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।