नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ श्रावण १९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा थप ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरी ४ सय १८ जनामा कोरोना संक्रमण देखिएको हो ।



पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ७ हजार ६ सय ३४ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप ४ सय १८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ । यस्तै, ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।