काठमाडौं । नेपाल आइडल सिजन–३ बिहीबारदेखि पुनः सुरु हुने भएको छ । कोरोनाभाइरसको त्रासका कारण स्थगित भएको नेपाल आइडलका बाँकी भाग पुनः सुरु गर्ने आयोजकले जनाएको छ ।
चार महिना लामो लकडाउन अन्त्य भएसँगै नेपाल आइडल पनि सञ्चालन गर्ने भएको हो । नेपाल आइडल एपिवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार साँझ ८ बजे प्रशारण हुने गर्छ ।
नेपाल आइडलको सिजन ३ मा परेका उत्कृष्ट पाँच जना प्रतिस्पर्धीको टुंगो लागिसकेको छ । जसमा सज्जा चौलागाईँ, प्रवीण बडुवाल, मेघा श्रेष्ठ, केभिन तामाङ र नेशन पुन मगर उत्कृष्ट पाँच प्रतिस्पर्धीमा छनोट भएका छन् ।
नेपालको पहिलो नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामाले जितेका थिए भने कैलालीका रवि ओड दोश्रो सिजनका विजेता हुन् ।