काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड १९) का ३ सय ८१ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशलामा आरटी पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ३ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ६ हजार ३ सय ५९ जनाको आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ३ सय ८१ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३० जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
हालसम्म १५ हजार १ सय ५६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ छ ।
नेपालमा हालसम्म आरटी पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै, हाल देशभर गरी ९ हजार ९ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् ।