विश्वमा एकैदिन २ लाख ६२ हजार बढी काेराेना संक्रमित थपिए, ६ हजार ६ सय बढीको मृत्यु

  • प्रकाशित मिति : २०७७ श्रावण २२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा गएको २४ घण्टामा २ लाख बढी संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन २ लाख ६२ हजार ७ सय ६३ जनामा संक्रमण देखिएको छ । साथै संक्रमित ६ हजार ६ सय ४ जनाको ज्यान गएको छ ।

सबै भन्दा धेरै बुधबार भारतमा ५६ हजार ६ सय २६ जना संक्रमित थपिएका छन् भने ९ सय १९ जनाको कोरोनाबाट ज्यान गएको छ । त्यस्तै अमेरिकामा एकैदिन ५५ हजार १ सय जनामा संक्रमण देखिएको छ भने १३ सय ६ जनाको कोरोनाबाट ज्यान गएको छ । त्यस्तै ब्राजिलमा एकैदिन ५४ हजार ६ सय ८५ जना संक्रमित थपिएका छन् भने १३ सय २२ जना संक्रमितको ज्यान गएको छ ।