स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोराना संक्रमण

  • प्रकाशित मिति : २०७७ श्रावण २५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार (सिसिएमसी) को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो जसमध्ये चार जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दियो ।



मन्त्रालयका चारजना संक्रमितमध्ये तीन जना कार्यलय सहयोगी र एक जना मन्त्रालयकै उच्च अधिकारीका चालक रहेका छन् ।

संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया–खाजा खुवाउने काम गर्दै आएका थिए। संक्रमण देखिएपछि अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।