नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण

  • प्रकाशित मिति : २०७७ श्रावण २७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड १९) का ६ सय ३८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशलामा आरटी पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ६ सय ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।



पछिल्लो २४ घण्टामा ६ सय ३८ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।