काठमाडौं। नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनको विजेतालाई टिमले पुरस्कार हस्तान्तरण गरेको छ।
कोरोनाको कहर बिचमा कार्यक्रमको आयोजना गर्न नसकेको निर्माण टिमले कान्तिपुर टेलिभिजनको एक कार्यक्रममार्फत गाडी हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा कान्तिपुर टेलिभिजनको तर्फबाट स्टेशन प्रमुख दिनेश डिसी , कमेडी च्याम्पिनको तर्फबाट निर्देशक विशाल भण्डारी, कार्यकारी निर्माता केकी अधिकारी र राज अधिकारीको साथमा विजेता हिमेश पन्त उपस्थित रहेका थिए।
भव्य कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्ने योजना भए पनि कोरोनाको कारण उक्त काम सम्भव नभएको निर्माण टिमले जानकारी दिएको छ।
सिजन २ को डिजिटल अडिसन सुरुवात गर्न अगाडी नै पहिलो सिजनको विजेतालाई पुरस्कार हस्तान्तरण गर्न पाउँदा निर्माण टिम दंग देखिएको छ।