काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २ करोड १० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप २ लाख ७१ हजार ४ सय २१ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमितको संख्या २ करोड १० लाख ६८ हजार पुगेको छ ।
यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ५० हजार बढी पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर गरी थप ६ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।
संक्रमण देखिएकामध्ये १ करोड ३८ लाख ९५ हजार व्यक्ति संक्रमण मुक्त भएका छन् । हाल विश्वभर गरी ६४ लाख २० हजार सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६४ हजार ६ सय ८८ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ५४ लाख १४ हजार नाघेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १ लाख ७० हजार नाघेको छ ।
त्यसपछि ब्राजिलमा संत्रमितको संख्या ३२ लाख २९ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ ।
कोरोना प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या २४ लाख ५९ हजार पुगेको छ । यस्तै, मृतकको संख्या ४८ हजार १ सय पुगेको छ ।
भारत पछि रुसमा संक्रमितको संख्या ९ लाख ७ हजार छ भने मृतकको संख्या १५ हजार नाघेको छ ।