वरिष्ठ पत्रकार हरिबहादुर थापालाई पितृशोक

  • प्रकाशित मिति : २०८० असार २१, बिहीबार
  • नेपाल टेल संवाददाता

इकागज अनलाइनका पूर्वप्रधानसम्पादक तथा वरिष्ठ पत्रकार हरिबहादुर थापालाई पितृ शोक परेको छ । वरिष्ठ पत्रकार हरिबहादुरका पिता केदारबहादुर थापाको आज बिहान काठमाडौँमा मृत्यु भएको हो ।

८९ वर्षीय केदारलाई आज बिहान उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारका एक सदस्यले बताए । उनका अनुसार दुई सातादेखि केदार विरामी थिए ।



उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आज बिहान ११ बजे गरिँदैछ ।

केदारका ६ छोराहरू छन् भने दुई छोरीहरू छन् ।