फुङलिङ नगरपालिकामा एक महिलाको शव फेला परेको छ । वडा नम्बर-७ की ४४ वर्षीय धनकुमारी लिम्बू मृत फेला परेको प्रहरीको भनाइ छ ।
फुङलिङ नगरपालिका-३ स्थित सशस्त्र प्रहरीको चेक प्वाइन्ट छेउमा सडकबाट १० फिट तल झरेको अवस्थामा लिम्बूको शव भेटिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।