मानिस धर्तिको सबसे चेतनशिल प्राणी सबै माथी शासन गर्न सक्षम छ भन्ने भ्रम अब खतम भयो । जब प्रकृती र दैवले आफुलाई बोझ फिलिङ्ग गर्छ तुरून्त एक्सन लिन्छ । उस्को एक्शन बाट धर्तिमा रहेका प्राणी र वस्तुहरू कहि पनि बच्न सक्तैन । सबै डण्डित हुनेछन् । प्रकृतिसंग मुकाबिला गर्न खोज्नू आफ्नो पतनको बाटो आफै औलाउनू हो । मानिस प्रकृतिकै देनहो ।
कति दिन बिते कति रातहरु हुर्के बढेर जवान भए होलान कती फुलहरु फक्रे फुले ओईलाएर झरे मौसम भरियो खुल्यो फेरि भरियो फेरि खुल्यो कहिले हावाका बेग कहिले मन्द बतास कहिले तातो धुप अनि चिसा शित र सिरेटाहरु आए गए हराए ! इन्तजार केबल समयको हुंदो रहेछ, मैले युग बिताएछु लकडाउन मुक्त सम्झनाहरुमा ।
कोरोनाले मानिस होस् वा राज्य सबैलाई आ-आफ्नो हैसियत सम्झाई दिएको छ । यताका दलालहरू पनि बल्ल अाफ्नो हैसियतमा आउन थालेका छन् । ईमान्दार अभिभावकले अाफ्ना सन्तानलाई आफ्नो हैसियत बारे प्रष्ट गर्नु पर्छ र सोही अनुसारको चाहना राख्न सिकाउनु पर्छ ।
यता भ्रष्टाचार गरेर र अवैध आम्दानी गरेर छोटो अवधीमै संभ्रान्त कुलीन बनेका नवधनाड्य बर्गका ब्यक्तिहरूको लहलहैमा लागेर ब्रह्मलुट गर्न पाउने रहरले सनकमा गरेका कार्य औचित्यहिन सावित हुदैछन् । सासक विद्धान हुनु र मुर्ख हुनुमा धेरै अन्तर हुन्छ।
आपत विपतमा सहयोग गर्नु राम्रो हो तर कुनै विचरा विपन्नलाई एक किलो चिउराको पोलिथिन थमाएर १०औ जनाले हातले छुदै गोदान गर्दा घर भरिकाले गाईको पुच्छरमा हात लाए जस्तै गरि फोटो सार्वजनिक गर्ने चलन अलि असोभनिय नै लाग्यो ।
नेपालीहरू नरहेको देश अपबादमा एक दुई मात्र हुन सक्छ। धनी होस या गरीब प्राय सबै देशहरूमा छन। कुनै काम गर्छ कुनै व्यापार। कोरोनाले पनि विश्व व्यापी उपस्थिती जनाई सकेको छ।
यस्तो अवस्थामा केवल लकडाउन र नाका बन्द गरी समस्याको समाधान खोज्नु मुर्खताको पराकाष्ट हो ।
ओली सरकारले असंगठित मेडिकल जनशक्ति र श्रोतलाई संगठित र व्यवस्थित गरी परिचालन गर्न सक्नु पर्थ्यो। लकडाउन गरी विदेशीलाई आउन नदिने, स्वदेश आउन चाहाने आफ्ना नागरीकलाई आउन दिई उनिहरूको मनोबल उच्च बनाउने र व्यवस्थित चेक जाँच गर्ने प्रबन्ध मिलाउन सक्नु पर्थ्यो। सरकार यसैमा चुक्यो ।
कोरोनाको घोषित उपचार प्रविधी र औसधि छैन। भन्दैमा कोरोना संक्रमित मर्छन भन्ने होईन। बिरामीको मनोवल उच्च र केही शारिरिक प्रक्रियाहरूलाई निरन्तर सुचारू र नियन्त्रणमा राख्न सकियो भने कोरोना बाट छुट्कारा दिलाउन सकिने थुप्रै उदाहारण आईसकेको छ ।
ओली सरकारले कोरोनाको नाममा केहि वर्ग बिशेषलाई विभेद पुर्ण तिरष्कार गर्न भन्दा सबै जनतालाई समान मायाँ र ममता दिन सक्नु पर्थ्यो । कोरोना भित्रिन दिदैनौं होईन । आउने छ व्यवस्थित उपचार गराउँछौं भन्ने मनोवैज्ञनिक प्रवाब जनतामा दिन सक्नु पर्थ्यो । सरकार यहि बिन्दुमा चुक्यो ।
आफ्नो गाेजीबाट सुक्काे नचुवाउने वडा कर्मचारी र झाेले कार्यकर्ता अरूले दिएकाे राहत बाँडेर आफ्नो फाेटो सामाजिक संजालमा पाेस्टाएर गरिवको इज्जत लिलाम गर्दै एकदमै सामजसेवी पल्टिनी झुन्डलाई कारवाही कस्ले गर्ने ?
सामान्य ज्वरो आएको, रुघाखोकी लागेका कतिपय निमोनिया भएका विरामीको अस्पताल र डाक्टरले लापरबाही गर्दिदा मृत्यु भैरहेको छ । सायद कोरोनाको आतंकको कारण अस्पताल र डाक्टरले त्यसो गरेका होलान यिनलाई कारबाही कसले गर्ने ? सबै रुघाखोकी लागेका, ज्वरो आएका बिरामीमा कोरोना संक्रमित हुदैनन।
राहत बितरण गरेको हो कि बाउको बैतरणी गर्दा गाईदान गरेको हो ? जाबो दुइचार दिनलाई दिएको खर्च दिंदा पुरै संसार दिए जस्तो गरेर सामाजिक संजालमा फोटा पोस्ट गर्न छोडिदिउँ । यो आपतको बेला गरिब , दुखी र श्रमिकहरुको सहारा बनौं नाटक नगरौं ।
आत्मविश्वासका साथ घरमा बसौ । कोरोना भाईरसलाई परास्त गरौ । सलाम छ। पहिलो पंंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई । नमन छ । व्यबस्थापनमा लागेका सुरक्षाकर्मिहरूलाई । सम्मान छ निरन्तर सहि र तथ्य सूचना सम्प्रेषण गरेर सुसूचित गर्नुहुने पत्रकारहरु प्रती । सिमाबाट आउने सबै क्वारेन्टाईनमा बसौ । भयभित नभई वालवालिका र ज्येष्ठनागरिकको मनोवल बढाऔ। कोरोना भगाऔ ।