उसका र मेरा हरेक शब्दमा भिन्नता छ।
हरेक शब्द हरेक पंक्ति हरेक तवरमा खिन्नता छ।
आउ बस तिमीलाइ म आज एउटा कहानी सुनाउछु
एउटा प्रेमी अनि एउटा पात्र बन्नुमा कति हिनता छ
म भावनाहरुसङ अलिक टाढा भाग्ने गर्थे;
ऊ भावनाहरुसङ नै मितेरी गास्ने गर्थ्यो
मैले त अरु भुल्नको निम्ति उसलाई प्रेम गर्थे;
तर हेर, उसले अरु भुलेर मलाई प्रेम गर्थ्यो
भावना एउटै थियो दुबैको बताउने शैली पुगेन
ऊ झुक्यो झुक्नेसम्म म निहुरिन सम्म आट गरिन
उसको त म हरेक शब्दमा पनि आफुलाइ भेट्थे
उसले त सिङ्गो म मा समेत आफू खोजेन
कारण त हजारौं दिए उसलाई छोड्नका निम्ति
तर खै किन उसले कहिले म बाहेक अरु रोजेन
सायद त्यो प्रेम निस्वार्थ थियो उसको
तर पनि खै मैले प्रेम बुझ्न चाहिन
उ भन्थ्यो रुन्छौ मलाई सम्झिएर कुनै दिन
सराप लाग्यो सायद, ऊ गएपछि हास्न जानिन
छाड्देउ प्रेमील प्रेमको भाषा अब सिकाएर भयो
देख्यौ एउटा पात्र प्रेमी बनी फेरि पात्र बनेर गयो।