किन छु ?

  • प्रकाशित मिति : 2021-04-16
  • सदिक्षा रेग्मी

मसङ भएर पनि तिमी उसैको यादमा हराउने भए
म तिमिसङ किन छु ?
अनि तिमिसङ नभएर पनि तिमीलाई मदेखी टाढा बनाउने
ऊ तिमिसङ किन छैन ?

मेरो अंगालोमा तिमी अरुकै लागि रूने भए
म तिमिसङ किन छु
अनि जसको लागि तिमी मेरो काध भिजाइ रहेछौ
ऊ तिमिसङ किन छैन ?



म छु त तिमिलाई उसको याद किन आउँछ
अनि उसको याद आउँछ त म अझै किन छु ?

यदि तिमि उसको यादकै चितामा जल्ने भए
म तिमिसङ किन छु ?
अनि जसको यादमा तिमी जल्दै छौ
ऊ तिमिसङ किन छैन ?

मेरो ओठको स्पर्शमा तिमी उसैलाई खोज्ने भए
म तिमिसङ किन छु ?
अनि तिम्रो हरेक स्पर्शको हकदार
ऊ तिमीसङ किन छैन ?

म छु त मेरो माया किन लाग्दैन
अनि उसको माया लाग्छ त म अझै किन छु ?

तिमीसङै हुँदा समेत मेरो बजुदलाई इङ्कार गर्ने भए
म तिमीसङ किन छु ?
अनि जो तिम्रो सामु नभएर पनि हरपल तिमीसङै हुन्छ
ऊ तिमीसङ किन छैन ?

माया अझै पनि उसको नै लाग्छ भने
म तिमीसङ किन छु
अनि तिमीले त्यति धेरै माया गर्ने
ऊ तिमीसङ किन छैन ?

म छु त तिमीलाई किन केही फरक पर्दैन ?
अनि ऊ नहुदा यति नै फरक पर्छ भने म अझै किन छु ?
अनि साच्चै! तिमीलाई म चाहिदैन भन्ने थाहा हुँदाहुँदै पनि म अझै किन छु ??