बेलायत आएर शरण माग्ने नेपाली गत वर्ष ४७५ जना

  • प्रकाशित मिति : २०८२ चैत्र २६, बिहीबार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतमा शरण दाबी गर्ने नेपालीको संख्या गत वर्ष ४ सय ७५ रहेको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ । सन् २०२५ डिसेम्बर अन्तिमसम्म बेलायतमा कुल एक लाख ६ सय २५ जनाले शरण दाबी गरेकामध्ये नेपालीको संख्या ४ सय ७५ रहेको हो ।

तथ्यांक अनुसार, सानो डुंगा चढेर गैर कानूनी रुपमा बेलायत छिरेका तीन जना र बेलायत आइसकेपछि ४७२ जनाले शरणार्थी दाबी गरेका थिए ।



आवेदकमध्ये पुरुष ३२८ र महिला १४७ छन् । त्यसमा मुख्य आवेदक ४४८ र डिपेन्डेन्ट २७ जना छन् । त्यस्तै, १८ वर्ष मुनीका ११ जना, १८ देखि २९ वर्षसम्म ४०६ जना (८५ प्रतिशत), ३० देखि ४९ वर्षका ५२ जना (११ प्रतिशत) र ५० देखि ६९ वर्षका ६ जना (एक प्रतिशत) रहेको तथ्यांकमा उल्लेख छ ।

१८ देखि २९ वर्षसम्मका ८५ प्रतिशत आवेदक विद्यार्थी हुन् ।

विगत ५ वर्षको तथ्यांक केलाउने हो भने सन् २०२० मा १०४, २०२१ मा १८२, कोभिड महामारीका बेला २०२२ मा सबैभन्दा बढी १२६३ जना, २०२३ मा ७०४ र २०२४ मा ७१८ जनाले ‘असाइलम’ आवेदन दिएका थिए ।

पछिल्लो वर्ष बेलायतमा शरण दाबी गर्नेहरूको संख्या घटेको छ तर २०२१ अघिभन्दा झन् धेरै छ । सन् २०२५ डिसेम्बरसम्म बेलायतमा कुल एक लाख ६ सय २५ जनाले शरण दाबी गरेका थिए, जुन २०२४ डिसेम्बरको तुलनामा ४ प्रतिशत कम थियो, तर २०१९ डिसेम्बरको तुलनामा २ गुणा बढी हो ।

गत वर्ष कुल आवेदकमध्ये १२ हजार ५७८ जना विद्यार्थी थिए भने १३ हजार ५ सय ५७ वर्क भिसामा रहेका र ७ हजार ५ सय २१ जना भिजिट भिजामा बेलायत आएका थिए ।

गत वर्ष असाइलम दावी गर्ने प्रमुख १० देश पाकिस्तान, इरिट्रिया, इरान, अफगानिस्तान, बंगलादेश, सुडान, भारत, सोमालिया, नाइजेरिया र भियतनामका नागरिक छन् ।

सरकारको भनाइमा कतिपय आप्रवासीहरुले बेलायत आइपुग्ने बित्तिकै शरण दाबी गर्छन् भने कतिपय केही समय बेलायतमा रहिसकेपछि वा केही भिजा सकिने अन्तिम समयमा आफ्नो मूल देश फर्कन असमर्थ वा अनिच्छुक भएर शरण दाबी गर्ने गर्छन् ।

जाति, धर्म, राष्ट्रियता, राजनीतिक विचारधारा वा आफ्नो देशको सामाजिक, सांस्कृतिक, धार्मिक वा राजनीतिक अवस्थाका कारण मानिस उत्पीडनमा परेको छ, असुरक्षित छ भने त्यो व्यक्ति असाइलम आवेदन गर्न योग्य हुने सरकारको मापदण्ड छ । तर, नेपालीको हकमा देशमा अहिले द्वन्द्व नभएको, राजनीतिक स्थायित्व उन्मुख र सुरक्षा प्रत्याभूति हुने भएकाले असाइ