रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई गराए जानकारी

  • प्रकाशित मिति : २०८३ जेष्ठ २६, मंगलवार
  • नेपाल टेल संवाददाता

सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।

भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भ्रमणबारे जानकारी गराएका उनको सचिवालयले जानकारी दिएको छ ।



राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो भएको भेटमा भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण र भ्रमणमा भारतीय प्रधानमन्त्रीलगायतसँग भएको भेटघाट, कुराकानीबारे जानकारी गराएका रविको सचिवालयले जनाएको छ ।