आज नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। आज देशका विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।



यीसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ।

विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ५४ हजार बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै हालसम्म मृतक १२० जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो।