काठमाडौं । भारतमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा ६९ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म भारतमा २८ लाख ३५ हजार ८ सय २२ संक्रमित पुगेका छन् । जुन संख्या एकै दिनमा देखिएको सबैभन्दा धेरै संख्या हो ।

Advertisement

यसअघि अगस्ट १२ का दिन ६७ हजार ६६ जना संक्रमित देखिएका थिए । त्यस्तै पछिल्लो २४ घन्टामा ९ सय ८० जना संक्रमितको मृत्यु भएसँगै हालसम्म भारतमा ५३ हजार ९ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

भारत संक्रमितमा विश्वकै तेस्रो स्थान र एशियाको पहिलो स्थानमा रहेको मुलुक हो । त्यस्तै मृतक संख्यामा पनि भारत अमेरिका, ब्राजिल र मेक्सिकोपछि चौथो स्थानमा रहेको छ । हालसम्म भारतमा २० लाख ९६ हजार ६८ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

error: