लिदी पहिरो : थप तीनको शव भेटियो, अझै ११ जनाबेपत्ता

  • प्रकाशित मिति : २०७७ भाद्र ४, बिहीबार
  • नेपाल टेल संवाददाता

सिन्धुपाल्चाेक। गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन् ।