काठमाडौंकी एक महिलासहित थप ६ को मृत्यु, मृत्यु हुनेको संख्या १२६ पुग्यो

  • प्रकाशित मिति : २०७७ भाद्र ४, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणले थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।



बिहीबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।