चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण

  • प्रकाशित मिति : २०७७ भाद्र २२, सोमबार
  • नेपाल टेल संवाददाता

चितवन। चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १९ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।



आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका ११ जना, रत्ननगरका ६ र खैरेनीका २ जना गरी चितवनका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हेटौँडाका ६ जना, वकैया, मनहरीका एक/एक जना गरी मकवानपुरका ८ जना, शुक्लागण्डकी र भानुका एक/एक जना गरी तनहुँका २ जना तथा नवलपुर देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको छ ।