धादिङ केन्द्र भएर भूकम्पको धक्का

  • प्रकाशित मिति : २०७७ भाद्र २४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । धादिङ केन्द्र भएर आज दिउसो भूकम्प गएको छ।

बुधबार दिउसो ३ बजेर ४८ मिनेट जाँदा धादिङको निलकण्ठ नगरपालिका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
https://twitter.com/NepalNsc/status/1303638948032339968?s=19



भूकम्पको धक्का धादिङ र आसपास क्षेत्रमा महसुस गरिएको थियो।

नेपालमा २०७२ सालको महाभूकम्पपछि पनि निरन्तर नयाँ भूकम्प र परकम्प गइरहेका छन्।