नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, २४ घण्टामा १२४६ थपिए

  • प्रकाशित मिति : २०७७ भाद्र २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा थप १ हजा २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार २ सय ४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।