चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ९१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार राति ११ बजे आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा।नीतु अधिकारीका अनुसार नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको हाे ।