विश्वमा एकैदिन थपिए तीन लाख बढी नयाँ संक्रमित

  • प्रकाशित मिति : २०७७ भाद्र २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा एकैदिन ३ लाख भन्दा धेरै संक्रमित थपिएका छन् ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा बिहिबार तीन लाख १ हजार ४ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।



यसरी विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १६ हजार ५ सय ४७ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन ५ हजार ८ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यसरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख १४ हजार २ सय ८० पुगेको छ ।