काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा फैलिरहेको छ ।
करिब ३ देखि भारतमा संक्रमितको संख्या एक लाख नजिक छ । यसरी वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा बिहिबार मात्र ९६ हजार ७ सय ६० जना नयाँ संक्रमित थपिएका छन् ।
यसरी भातमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७ सय २५ पुगेको छ ।
त्यस्तै भारतमा एकैदिन १२ सय १३ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार ३ सय ४ पुगेको छ ।
संक्रमित ३५ लाख ३९ हजार ९ सय ८३ जना उपचारपछि निको भएका छन् भने९ लाख ४३ हजार ४ सय २८ जना उपचाररत छन् ।