काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
शुक्रबार १४ सय ५४ र बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो।
आज थप ८५२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।
यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो।
यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्।