के प्रधानमन्त्री ओलीले नचाहेका हुन् कुलमानको पुनः नियुक्ति ?

  • प्रकाशित मिति : २०७७ भाद्र ३०, मंगलवार
  • nepaltale.com

काठमाडौं । चार वर्षे कार्यकाल सकिएर आइतबार विदा भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार राति(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले पुनः नियुक्ति गर्ने अपेक्षा धेरैले गरेका थिए ।

दैनिक १८ घन्टा भन्दा धेरै समय लोडसेडिङ खेपेका नेपालीले घिसिङले प्राधिकरणको नेतृत्व सम्हाले यता आनन्दसँग विजुली बत्ति बाल्न पाएका छन् ।

उनीहरुमा त्रास छ, कतै कुलमानको विदाइसँगै पहिलाकै अवस्था उत्पन्न हुने त होइन ?

त्यसैले कुलमानको पक्षमा मानिसहरु खुलेर समर्थन गरिरहेका छन् ।

धेरैले सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब दिइरहेका छन्, केहीले सोमबार बेलुका माइतीघर मण्डलामा कुलमानको पक्षमा प्रदर्शन नै गरे ।

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै गर्दा उनीहरुले कुलमानलाई पुनर्नियुक्तिको लागि दबाब दिएपनि सरकारको हिजोको बैठकबाट भने यसबारे कुनै निर्णय भएन ।

चुनावमा पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने निर्णय नगरेको भन्दै धेरैले विरोध गरिरहेका छन् ।

प्रस्ताव नै गएन ?

प्राधिकरणको नेतृत्वकर्ता उर्जा मन्त्रालयले सोमबारको बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्ने प्रस्ताव लैजाने तयारी गरेको समाचारहरु बाहिरिएका थिए । तर हिजोको बैठकमा भने यसबारे केही प्रस्ताव नै नआएको एक मन्त्रीले जानकारी दिए ।

बैठक सकिनु अघि उर्जा मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीलाई मेरो पनि प्रस्ताव थियो भन्ने मसिनो स्वरमा भनेका तर त्यसबारे थप कुरा नभएको एक मन्त्रीले बताए ।

कानून बाधक ?

मन्त्री पुनले कुलमानलाई पुन नियुक्ति गर्न कुरा उठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी प्रकृया पूरा गरेर मात्र उनलाई नियुक्त गर्नं सकिने बताएका थिए । त्यसपछि उक्त विषयमा थप कुरा नभएको उनले बताए ।

एक मन्त्रीले भने, ‘कुलमानको पुनः नियुक्ति गर्नुपर्ने कुरा बैठकमा उठेको थियो तर प्रधानमन्त्रीले कानुनी प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नुपर्ने भन्दै त्यो विषयलाई थप अघि बढाउनु भएन ।’

के प्रधानमन्त्रीले भने जस्तो घिसिङको पुनर्नियुक्तिका लागि कानूनी झमेला छ त ?

सार्वजनिक संस्थान व्यवस्थापन आदेश २०६८को व्यवस्था अनुसार प्राधिकरणको कार्यकारी प्रमुख खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने हुन्छ ।

त्यस्तै नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ मा टेकेर बनाइएको कार्यविधीले पनि प्राधिकरणको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सकिने प्रावधान रहेको छ ।

कतिपयले घिसिङलाई प्राधिकरणमा पुन नियुक्ति गर्ने हो भने उक्त कार्यविधी संशोधन वा खारेज गर्नुपर्ने हुन्छ । तर एक व्यक्तिकालागि कार्यविधी खारेज गर्ने कुराले गलत नजिर बस्ने मन्त्रालयका एक अधिकारीले बताए ।

तर कतिपयले भने एक पटक प्रतिस्पर्धा गरेर आइसकेका व्यक्तिलाई सोही पदमा पुनर्नियुक्ति गर्दा खुला प्रतिस्पर्धा गर्नु नपर्ने तर्क गर्दै आएका छन् ।

कानूनी झमेला देखिने भएका कारण प्रधानमन्त्रीले त्यसबारेमा थप अध्ययन गर्नेर अघि बढ्न खोजेको बालुवाटार निकट स्रोतको दाबी छ ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलादेखिनै कुलमानको पुनर्नियुक्ति नचाहेको आरोप समेत लाग्ने गरेको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले प्रधानमन्त्रीलाई कुलमानको पुनर्नियुक्तिका लागि दबाब दिएपछि प्रधानमन्त्री सहमत भएका छन् ।

प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकारले सामाजिक सञ्जालमा लेखेको विषयले पनि प्रधानमन्त्री ओली टिम कुलमानप्रति सकारात्मक नभएको आरोप लागेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानको पुनर्नियुक्तिको पक्ष लिँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन् ।

यसबाट पनि ओली घिसिङ प्रति सकारात्मक नरहेको पाइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गरिरहेका छन् ।

आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ भएका घिसिङलाई पुन नियुक्ति दिनुपर्छ भनेर श्रेष्ठले सामाजिक सञ्जालमार्फत लविङ गरेपछि थापाले सामाजिक सञ्जालबाटै त्यसप्रति आपत्ति जनाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार समेत रहेका थापाले प्रवक्ताको लविङ ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेर व्यंग्य गरेका छन्। उनले औपचारिक निर्णय सार्वजनिक गर्ने व्यक्ति नै कसैको लविङमा लागेको भन्दै विरोध जनाएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङरु पार्टीको हाल जिम्मेवारी यही हो ररु सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ ररु’

यस्तो छ थापाले लेखेको स्ट्याटस

१ कुलमान घिसिङको पक्षरविपक्षका यतिबेला आआफ्ना मतरअभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन। तर एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै‘कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?

‘नेपाल आमाका सपूत’ को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छरु सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ रु पार्टीको हाल जिम्मेवारी यही हो र रु सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र रु सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको ?

पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन रु के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला रु बुझ्नै पो कठीन भयो

२ प्रवक्ताको व्यक्तिगत सचिवालयअन्तर्गत “‘अहिले आए आाँसु“जस्तो गरी निजी हिसाबमा “स्वयंसेवा दस्ता“ परिचालनको घोषणा अर्को उदेकलाग्दो कार्य जानकारीमा आयो । यो संगती र सरोकार नै नभएको कुरा भयो । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ ।

जसको पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रुचि बढेको होला रु जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्,

अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्यो पनि आफ्नो सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट रु यसकामको लागि संस्थागत निर्णय, अख्तियारी र अनुमोदन पनि आवश्यक नै नपर्ने रु वितेका छ महिनासम्म केही गर्नुनपर्ने, सातौं महिना लाग्ने बेला यो के गर्न खोजिएको होला रु आपतविपद भनेको अहिले धून बजाउँदै आएको त होइन होला रु कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो रु

म प्रचार विभागको उपप्रमुखको जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आयो । सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेको सम्बद्घ सबैमा निवेदन गर्दछु।

कसले पाउला निमित्त ?

आइतबार कार्यकाल सकिएका घिसिङको आज विद्युत प्राधिकरणबाट विदाइ गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्ति गर्ने सम्भावना रहेका कारण उनलाई विदाइ गरिएको थिएन । तर पुनर्नियुक्तिको निर्णय नभएका कारण घिसिङको आज विदाइ गर्ने तयारी गरिएको छ ।

उनको विदाइसँगै प्राधिकरणमा निमित्त कार्यकारीको दौड चलिरहेको छ ।

निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउन हितेन्द्रदेव शाक्यले लबिङ गरिरहेको छन् । उनले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ गरिरहेका स्रोतको दाबी छ ।