डा.गोविन्द केसीले काठमाडौंमा अनसन जारी राख्ने

  • प्रकाशित मिति : २०७७ आश्विन ५, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा.गोविन्द केसीले जुम्लाबाट सुरु गरिएको सत्याग्रहलाई काठमाडौबाट जारी राख्ने भएका छन्।

जुम्लामा अनसन बसेकै बेला प्रहरीले धरपकड गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो।



उनले अस्पतालमा कुनैपनि परीक्षण गर्न अस्वीकार गरेका छन्।

विगत सात दिनयता अनसनरत डा केसीलाई अब काठमाडौं ल्याउने तयारी गरिएको छ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा अस्वीकार गरेपछि केसीलाई उनकै इच्छामा काठमाडौं ल्याउन लागिएको हो।

जुम्लामा प्रहरीको धरपकड बढेपछि डा केसीले काठमाडौंमा अनसन जारी राख्ने तयारी गरेका हुन।