एनसेलले ल्यायो टिकटक र फेसबुकका थप ननस्टप प्याकहरु

  • प्रकाशित मिति : २०७७ आश्विन ७, बुधबार
  • nepaltale.com

काठमाडौ । एनसेलका ग्राहकले अब थप विकल्पहरुकासाथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजालिन सक्ने भएका छन । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदानगर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ।
‘प्लस’थिम अन्तर्गत फोरजीग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु असोज ७ देखि संचालनमा आएका छन् । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजालिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।
त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याकलिई आफुले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदालिन सक्छन् । यतिमात्र नभई, यो ३० दिनको प्याकलिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।
एनसेलको फोरजी सेवा लिएका ग्राहकले ‘एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास’ डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् । ग्राहकले एनसेलएपतथा डिजिटल वालेट सेवाप्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवावाप्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् ।
आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहककालागि आकर्षक ननस्टप युट्युबप्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहककालागिअझै धेरै सेवाहरु ल्याउँदै जाने एनसेलले जनाएको छ।