पृथ्वीबाट टाढा रहेको ग्रहमा पहिलो पटक भेटियो पानी

  • प्रकाशित मिति : २०७७ आश्विन १०, शनिबार
  • nepaltale.com

खगोलविद्‌हरूले पृथ्वीबाट धेरै पर अवस्थित एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पहिलो पटक फेला पारेका छन् ।

उक्त ग्रह आफ्नो माउ ताराको बस्नयोग्य क्षेत्रभित्र परिक्रमा गर्छ । यो अन्वेषणले K2-18b नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको छ ।

दश वर्षभित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास भए वा नभएको निर्क्यौल गर्न सक्नेछ ।

नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको छ ।

युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक तथा प्रमुख वैज्ञानिक गिओभाना टिनेटीले यो पछिल्लो खोजलाई ‘अद्भभुत’ भनेकी छन् ।

‘जीवित रहन सक्ने अवस्थासँग सम्भवतः मेल खाने तापक्रम भएको एउटा ताराको बस्नयोग्य क्षेत्र वरपरको एउटा ग्रहमा पहिलो पटक हामीले पानी रहेको पत्ता लगाएका छौँ,’ उनले भनिन् ।

ग्रहको सतहमा पानी तरल रूपमा रहनका लागि उपयुक्त तापक्रम भयो भने सो क्षेत्रलाई बस्नयोग्य मानिन्छ ।

केटू-एटीनबी ग्रह १११ प्रकाश वर्ष अर्थात्‌ पृथ्वीदेखि झन्डै ६,५०० खर्ब (६५,००,००,००,००,००,०००) माइल टाढा छ ।

अतः थप अध्ययनका लागि सन् २०२० को दशकमा आउने अर्को पुस्ताको अन्तरिक्ष दूरबीनको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

त्यसले उक्त ग्रहको वायुमण्डलमा ग्यासको खोजी गर्नेछ जुन ग्यास प्राणीले मात्र निकाल्न सक्ने युनिभर्सिटी कलेज लन्डनस्थित डा. इङ्गो वाल्डम्यान बताउँछन् ।

‘यो विज्ञानका ठूलामध्येको एउटा प्रश्न हो र ब्रह्माण्डमा हामी मात्रै छौँ भनेर सोच्ने गर्छौँ,’ वाल्डम्यान भन्छन्, ‘दश वर्षभित्र हामीले ती वायुमण्डलमा बाँच्नका लागि चाहिने रसायन भए वा नभएको थाहा पाउनेछौँ ।’

बाह्यग्रह के हो?

– सौर्यमण्डलबाहिरका ग्रहहरूलाई एक्सोप्लानिट अर्थात् बाह्यग्रह भनिन्छ

– पहिलो एक्सोप्लानिट सन् १९९२ मा पत्ता लागेको थियो जसले इलेक्ट्रोम्याग्नेटिक

– विकिरण उत्सर्जन गर्ने पल्सर नामक न्यूट्रोन ताराको परिक्रमा गर्छ

– विविध विधिद्वारा अहिलेसम्म चार हजारभन्दा बढी बाह्यग्रह फेला परेका छन्

– यीमध्ये धेरैजसो बृहस्पति र वरुणजस्ता देखिने एकदम ठूला ग्रह हुन्

– धेरैजसो ठूला ग्रहहरूले आफ्ना तारासँग निकै नजिक भई परिक्रमा गरिरहेको पाइएका छन्

बाह्यग्रहको वायुमण्डलमा पानी भएको तथ्य फेला पारेको टोलीले सन् २०१६ र २०१७ को बीचमा हबल स्पेस टेलिस्कोपले पत्ता लगाएका ग्रहहरूको अवलोकन गरेको थियो ।

‘पृथ्वी जत्रै सात ग्रह अस्तित्वमा’

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पर्यटकका लागि खोल्ने ती ग्रहले आफ्नो माउ ताराको परिक्रमा गर्ने क्रममा प्रकाशमा भएको परिवर्तनको अध्ययन गरेर केही रसायनको पहिचान गरिएको थियो ।

ग्रहको वायुमण्डलमा छिरेको प्रकाशमा केही परिवर्तन भएको देखिएको थियो ।


बीबीसीका विज्ञान संवाददाता पल्लव घोसले लेखेको समाचार