सैनिक विमान दुर्घटना हुँदा युक्रेनमा २२ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ आश्विन १०, शनिबार
  • नेपाल टेल संवाददाता

युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ ।

एन्तोनोव–२६ विमान अवतरणका यक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।



विमानमा खार्किभ एयरफोर्स युनिभर्सिटीका क्याडेटहरु प्रशिक्षण उडानका लागि सवार थिए । दुर्घटनामा परेको विमानमा २७ जना सवार रहेका युक्रेनको आपतकाल मन्त्रालयले जनाएको छ ।

विमान दुर्घटनामा २ जना गम्भीर घाइते भएका जनाइएको छ । अन्यको खोजी जारी रहेको जनाइएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । अधिकारीहरुले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् ।