विश्वमा एकैदिन दुई लाख २८ हजार ५ सय ३६ जनामा काेराेना संक्रमण, ३ हजार ७ सय ८० जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ आश्विन १३, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा एकैदिन दुई लाख बढी मानिसहरुमा कोरोना संक्रमण देखिएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन दुई लाख २८ हजार ५ सय ३६ जनामा संक्रमण देखिएको हो ।



यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ३५ लाख ४१ हजार ७ सय ३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट एकैदिन ३ हजार ७ सय ८० जनाले ज्यान गुमाएका छन् ।

यसरी कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ६ हजार २ पुगेको छ ।

त्यस्तै संक्रमित दुई करोड ४८ लाख ६८ हजार ५ सय ६७ जना उपचारपछि निको भएका छन् ।