उपत्यकामा मात्रै १५९९ जनामा संक्रमण पुष्टि, देशभर २२५३ जनामा संक्रमण

  • प्रकाशित मिति : २०७७ आश्विन १८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको बताए ।

उनले आज देशभर २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पनि बताए ।



यसैगरी देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।