एजेन्सी । अमेरिकाले कुनैपनि देशका कम्युनिष्ट पार्टीका सदस्यलाई पीआर र नागरिकता नदिने भएको छ।
यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस)ले नीति परिर्माजन गर्दै कुनै पनि देशका कम्युनिष्ट पार्टीका सदस्यहरूलाई अमेरिकामा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने घोषणा गरेको छ।
उक्त नीति अनुसार अब अमेरिकामा कुनैपनि कम्युनिष्ट पार्टीका सदस्य आप्रवासनका लागि अयोग्य हुनेछन्।
शुक्रबार अर्थात अक्टुबर २ मा जारी भएको यो नीतिमा कम्युनिष्ट वा कुनै अन्य अधिनायकवादी पार्टीको सदस्यता लिएकाहरु अमेरिकामा स्थायी बसोबासका लागि अयोग्य हुने उल्लेख छ।
यो कानुन खासगरी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण गरिएको छ। तर, विदेशी कम्युनिष्ट भनेपछि अब जुनसुकै कम्युनिष्ट पार्टीका सदस्यले पिआर पाउने छैनन्।
अमेरिकामाथिको सुरक्षा खतरालाई सम्बोधन गर्न यो कानुन ल्याइएको जनाइएको छ। https://twitter.com/eOrganiser/status/1312714013474648065?s=19