काठमाडौं उपत्यकाका थप १५३१ जनामा कोरोना भाइरसको संक्रमण

  • प्रकाशित मिति : २०७७ आश्विन १९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप १ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।



उपत्यकामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका १ हजार १ सय ७८ जना छन् । यस्तै, ललितपुर जिल्लाका २ सय ५० र भक्तपुर जिल्लाका १ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ६२ जिल्लामा गरी २ हजार ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।

थप २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

कोरोना संक्रमण देखिएकामध्ये पछिल्लो २४ घण्टामा देशभरका गरी १ हजार १ सय ३३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म देशभर गरी ६५ हजार २ सय २ जना संक्रमण मुक्त भएका छन् ।